मंगलबार बिहान दाङको एक जिम क्लब भित्र एक युवकमाथि खुकुरी प्रहार भएको छ । मंगलवार बिहान साढे ६ बजेको समयमा तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेस्थित केएम जिम क्लबमा दंगिशरण गाउँपालिका –५ बस्ने ३२ बर्षीय निर्मण बस्नेतले तुल्सीपुर–५ रानीजरुवाका २३ बर्षीय विशाल सुनारलाई खुकुरी प्रहार गरेका हुन् ।ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरी निरीक्षक झलक प्रसाद शर्माको टोलीले घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेको र खुकुरी प्रहार गरि फरार रहेका बस्नेतलाई खोजी कार्