सुपमा लगानी सम्मेलन अघि गर्नुपर्ने काम

सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकिँदै गर्दा विभिन्न विषयमा छलफल आवश्यक देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा गर्न लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्छ । सम्मेलन हुनुअघि प्रदेश सरकारले संघसँग विभिन्न नीतिहरूका विषयमा छलफल गरी लगानीकर्ताहरूलाई विश्वस्त पार्न आवश्यक देखिन्छ ।  नेपालभरिका व्यापार प्रतिनिधिमण्डल, कर्पोरेट नेता, शिक्षाविद्, इनोभेटर्स र सरकारी नेतृत्वका लागि सामूहिक रूपमा सम्पूर्ण सुदूरपश्चिम प्रदेश व्यापार अवसर र साझेदारीको खोजी गर्ने मञ्चका रूपमा सुदूरपश्चिम विकास तथा लगानी सम्मेलन परिणत हुनुपर्छ । उद्योगी, व्यापारी र लगानीकर्तालाई विश्वस्त पार्न सम्मेलन अघि सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रीय सरकारसँग सहकार्य गरी अविलम्ब निम्न नीतिमा ध्यान दिनु जरुरी देखिन्छ । केन्द्र सरकारसँग तत्काल छलफल गरेर लगानी नीति तय गर्नुपर्ने देखिन्छ । विशेष प्याकेजका लागि दिशानिर्देश आवश्यक हुन्छ । मेगा उद्योग र औद्योगिक नीति जरुरी छ । प्रदेश सरकारको सरसामान उपलब्धतासम्बन्धी नीतिमा पनि छलफल आवश्यक देखिन्छ । त्यस्तै, व्यापार शुरुआत नीति, लघु, साना तथा मझौला उद्यम नीतिबारे पनि पर्याप्त बहस आवश्यक छ । औद्योगिक नीति, निर्यात नीति, पर्यटन व्यवसाय तथा रोजगार नीतिबारे पनि स्पष्टता आवश्यक हुन्छ । त्यस्तै लगानीकर्तालाई आकर्षित गर्न केकस्तो करका दरहरूमा सहुलियत प्रदान गरिन्छ आदि स्पष्ट हुने गरी आयकर नीति बनाउनु अपरिहार्य देखिन्छ । त्यस्तै स्थानीय नीति, ऐन बनाउन पनि जरुरी छ । माथि उल्लिखित नीतिहरूबारे प्रदेश सरकारले तत्कालै संघीय सरकारसँग छलफल गरेर निष्कर्षमा पुगेपछि मात्रै लगानी सम्मेलनलाई प्रभावकारी बनाउन सकिन्छ । कतिपय विषयमा क्षेत्राधिकारको कुरा आउँछ भने कतिपय कुरामा राष्ट्रिय लगानी नीति जोडिन आउँछ । त्यसैले संघीय सरकारसँग जति बढी समन्वय गरिन्छ त्यति यो सम्मेलन उपलब्धिपूर्ण हुने देखिन्छ । सुदूरपश्चिम प्रदेश आफैमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको क्षेत्र हो । सम्मेलनले लगानीकर्ता, निजी र सार्वजनिक संस्थाहरूलाई अत्याधुनिक प्रविधि, आविष्कार, र भविष्यका चुनौतीहरूको सामना गर्न पनि सहयोग गर्न र प्रदर्शन गर्ने अवसरहरू पनि प्रदान गर्ने कुरामा सिंगो सुदूरपश्चिमवासी आशावादी छन् ।  सम्मेलनका विभिन्न सत्रहरूमा उद्योग व्यापारमा देखिएका विभिन्न चुनौती र अवसरहरूमा वास्तविक र व्यापक छलफल गरेर लगानी र विकास सुनिश्चित हुनेमा थप आशावादी हुन सकिन्छ । राज्यले आकर्षक प्रोत्साहन र प्रक्रियागत समर्थन दिनुपर्छ । क्षेत्रगत र व्यापक सहजीकरणसहित दुवै किसिमका बृहत् नीतिहरूले लगानीकर्तासमक्ष सरकारी अनुमोदनसहितको वाचापत्र प्रस्तुत गर्न आवश्यक हुन्छ । भूमि र पूँजीमा अनुदान, ब्याज अनुदानलगायतका सुविधा दिएर सुदूरपश्चिम प्रदेशलाई आकर्षक लगानी गन्तव्यका रूपमा परिचित गर्न सम्मेलन सुनौलो अवसर बन्नुपर्छ । प्रदेश लगानी सम्मेलनले आफ्ना लगानीकर्ताहरूका लागि राम्रो निर्णय लिने काममा सहयोग र लगानीकर्ताहरूलाई सहयोग गर्न बिजनश–टु–बिजनेश र सरकार–व्यवसायी बैठकहरू पनि सञ्चालन गरेको खण्डमा लगानी सम्मेलन अझै फलदायी हुन सक्छ । यसतर्फ सम्मेलन आयोजकहरूको ध्यान जानु जरुरी छ ।  सदियौंदेखि केन्द्रको हेपाहामा परेको सुदूरपश्चिम मुलुक संघीयतामा गएपछि केही तङ्ग्रिन थालेको छ । एकात्मक राज्य व्यवस्थाको सबैभन्दा ठूलो मारमा परेको सुदूरपश्चिममा संघीय गणतन्त्रपछि विकासको शुरुआत भएको छ । सिंगो देशको अर्थतन्त्र र विकासमा टेवा पुर्‍याउन सक्ने प्रशस्त सम्भावना बोकेको सुदूरपश्चिम उपेक्षामा पर्दै आएको तीतो सत्य हो । सुदूरपश्चिममा खप्तडदेखि शुक्लाफाँटा, चुरेदेखि तराईका समथर फाँटहरू यहाँका ठूलो सम्भावना बोकेका क्षेत्र हुन् । सुदूरपश्चिम मिश्रित भाषा र संस्कृतिले भरिपूर्ण छ । यहाँका नदीनालाले देशको ऊर्जाक्षेत्रमा ठूलो योगदान गर्न सक्छन् भने तराईका फाँटहरूमा उद्योग र कलकारखानाले ठूलो रोजगारी सृजना गर्न सक्छन् ।  खप्तड र शुक्लाफाँटा आरक्ष क्षेत्रले स्वदेश तथा विदेशी पर्यटक लोभ्याउनुका साथै त्यहाँ पाइने विभिन्न बहुमूल्य वनस्पति र जडीबुटीले देशको अर्थतन्त्रमा टेवा पुग्न सक्छ । यी सबै सम्भावना बोकेका क्षेत्रमा योजनाबद्ध ढंगले लगानी भित्त्याउन सर्वप्रथम प्रदेश सरकार नै आफै योजनाबद्ध ढंगले सम्मेलनको तयारीमा जुट्नुपर्छ । होइन भने लगानी सम्मेलनका नाममा कुनै स्वार्थ समूहले आफ्नो इच्छा मात्रै पूरा गर्नेछ र सुदूरपश्चिम फेरि पनि त्यही गरीबी, बेराजगारी, परनिर्भरता र विभेदमा बाँच्न बाध्य हुनेछ ।  हाल सुदूरपश्चिममा भएका उद्योग, कलकारखानाका अप्ठ्यारा र समस्याहरूका विषयमा पनि सम्मेलनमा एजेन्डागत छलफल हुनुपर्छ । यसले सञ्चालनमा रहेका थोरै उद्योग, कलकारखाना, व्यापार, व्यवसायलाई थप विकास गर्न सहज हुन्छ । सम्मेलनले राजनीतिक स्वार्थभन्दा पनि सिंगो सुदूरपश्चिमको समग्र विकासलाई ध्यान राख्न जरुरी छ ।  लेखक अधिवक्ता हुन् । 

सम्बन्धित सामग्री

सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने

सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको छ । गाउँपालिकाले सोमबार पत्रकार सम्मलेन गर्दै सुनकोसी माध्यामिक विद्यालय खाङसाङबेसीमा आउँदो १३ र १४ मंसिरमा लगानी सम्मेलन आयोजना गर्न लागेको हो...

लगानी सम्मेलन गर्ने घोषणा मात्रै

सरकारले चालू आर्थिक वर्ष ०८०/८१ मा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । तर, त्यसका लागि पूर्वतयारीका काम भने अझै पनि सुरु गरिएका छैनन् । ३० चैत ०७९ मा सम्पन्न लगानी बोर्डको ५३औँ...

लगानी सम्मेलन र पूर्वाधार विकास

संसारकै आकर्षक लगानी गन्तव्यका रूपमा चिनाउन देशले फेरि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको छ । लगानी बोर्डको ५३ औं बैठकले यसै वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने र आउने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि यसबारे चर्चा हुने भनिएको छ । यसअघि पनि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन भएको थियो । […]

व्यावसायिक कृषिका लागि पाल्पामा लगानी सम्मेलन

पाल्पामा लगानी सम्मेलन गरिएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लगानी सम्मेलन गरिएको हो । ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तानसेन नगरपालिकासंगको सहकार्यमा कोभिड १९ प्रतिकार्य तथा एकीकृत हरित जीविकोपार्जन सहयोग परियोजना अन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त पहलमा लगानी सम्मेलन गरेको हो । पाल्पाको तानसेनमा सम्पन्न सम्मेलनमा कृषि तथा पशुपालन क्षेत्रमा देखिएका सम्भावना, समस्या, चुनौती तथा हालसम्म प्राप्त भएका उपलब्धको समीक्षा गरिएको थियो । उक्त अवसरमा ग्रामीण आर्थिक विका

पाँचखालले यो वर्ष लगानी सम्मेलन गर्ने

काठमाडौँ,७ भदौ । पाँचखाल नगरपालिकाले यो वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण सम्मेलन लगातार तीन वर्ष अनिश्चित भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो । तीन वर्षदेखिको लगानी सम्मेलन गर्ने चाहनालाई यो वर्ष मूर्तरुप दिइने […]

लगानी सम्मेलन गर्दै पाँचखाल

कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो।...

‘नेपाल लगानी सम्मेलन–२०२२’ सम्पन्न

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शको आयोजनामा राजधानीमा आयोजित दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सोमबार सम्पन्न भएको छ।...

स्वदेशी लगानीकर्ताको ‘लगानी सम्मेलन’ गरिने

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताको लगानी सम्मेलन गर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको सुझावपत्र शुक्रबार ग्रहण गर्दै उनले विदेशी लगानीकर्ताको सम्मेलन गरिँदै आएकामा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताए। स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने र गरिबी अन्त्य गर्ने उद्देश्यका साथ स्वदेशी लगानी सम्मेलन गर्ने सोचिएको उनले बताए। भेटघाटका क्रममा चेम्बर […]

वैशाखमा गर्ने भनिएको कर्णालीकाे लगानी सम्मेलन स्थगित

सुर्खेत । कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिएको हो । कर्णालीमा लगानीकर्ता आकर्षित गर्ने उद्देश्यका साथ प्रदेश योजना आयोगले  यही वैशाखमा लगानी सम्मेलन गर्ने गरी तयारी थालेको थियो ।कर्णालीमा पछिल्लो समय कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ भने मृत्युदर पनि बढिरहेको अबस्था छ । यो अवस्थामा लगानी सम्मेलन गर्न कठिन हुने आयोगको भनाइ छ ।आयोगका सदस्य योगेन्द्र शाही चालु आर्थिक वर्षमा लगानी सम्मेलन ग

कोभिडले कर्णाली लगानी सम्मेलन प्रभावित

कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित हुने भएको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिने भएको हो । कर्णालीमा लगानीकर्ता आकर्षित गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले यही वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । कोभिड–१९ को संक्रमण वृद्धि हुँदै गएका कारण लगानी सम्मेलन चालु आर्थिक वर्षमा नहुने निश्चित […]