सुर्खेत । कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिएको हो । कर्णालीमा लगानीकर्ता आकर्षित गर्ने उद्देश्यका साथ प्रदेश योजना आयोगले यही वैशाखमा लगानी सम्मेलन गर्ने गरी तयारी थालेको थियो ।कर्णालीमा पछिल्लो समय कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ भने मृत्युदर पनि बढिरहेको अबस्था छ । यो अवस्थामा लगानी सम्मेलन गर्न कठिन हुने आयोगको भनाइ छ ।आयोगका सदस्य योगेन्द्र शाही चालु आर्थिक वर्षमा लगानी सम्मेलन ग