नबिल र बंगलादेश बैंकको मर्जर पूरा

नलिब बैंक र नेपाल बंगलादेश बैंक बीचको मर्जर पूरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले यी बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेसँगै प्रक्रिया पूरा भएको हो । यद्यपि आजसम्म बैंकहरुले राष्ट्र बैंकको पत्र पाइनसकेको स्रोतले बताएको छ ।

सम्बन्धित सामग्री

नबिल र बंगलादेश बैंकको मर्जरमा ‘घुस’ माग्नेलाई निलम्बित गभर्नरको संरक्षण !

डेढ महिनायता ‘क’ वर्गका दुई ठूला बाणिज्य बैंकहरू नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्जर प्रकृया अघि बढेको छ । एउटै व्यक्ति वा संस्था दुईवटा बैंकमा सञ्चालक भए मर्जरमा जानुपर्ने नीति राष्ट्र बैंकले बनाएको छ । यस्तो नीति बनेपछि नबिल र बंगलादेश बैंकले मर्जर प्रकृया अघि बढाएका हुन् । दुवै बैंकमा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको लगानी छ । नबिल स्थापनादेखि चौधरी परिवारको लगानी छ भने बंगलादेश बैंकमा रहेको बंगलादेशी साझेदारीको सेयर बिनोद चौधरीले आफ्नो श्रीमती सारिक