एमाले निकट अनेमसंघ सुदूरपश्चिम अध्यक्षमा झुमा चौधरी

नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा झुमादेवी चौधरी (कैलाली) सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेश सम्मेलनले उहाँको नेतृत्वमा ६६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।