काठमाडौं ः संयुक्त राष्ट्र संघले चीनको शिन्जियाङ क्षेत्रमा उइगर मुस्लिमविरुद्ध गम्भीर मानवताविरुद्धको अपराध भएको हुन सक्ने जनाएको छ। एउटा प्रतिवेदनमा राष्ट्र संघले त्यहाँका शिविरहरुमा उइगर मुस्लिममाथि चरम यातना तथा महिलाहरुमाथि यौन दुव्र्यवहार गरिएको समाचारहरुहरु तथ्यपरक भएको जनाएको छ। राष्ट्रसंघले चीनलाई शिन्जियाङमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरेर अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ । चीनको महिनौँ लामो दबावका बीच र मिशेल ब्याचलेटको राष्ट्रसंघीय मानवअधिकार उच्चा