जुम्लामा दुग्ध उत्पादकलाई ट्याङ्कर अनुदान

जुम्ला : पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले महिला उद्यमीलाई दूध ट्याङ्कर उपलब्ध गराएको छ। महिला उद्यमीको सहजका लागि पशु अस्पताल तथा सेवा कार्यालयले अनुदानमा दूध ट्याङ्कर उपलब्ध गराएको हो।यस कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए। उनले भने, ‘एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो

सम्बन्धित सामग्री

रोल्पा नगरपालिकाले खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन

कात्तिक १, रोल्पा । रोल्पा नगरपालिकाले गत तीन वर्ष अघि खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन बनेको छ । किसानहरुले उत्पादन गरेको दूधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा खरीद गरिएको उक्त ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा विग्रिन थालेको छ ।  नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रहसमेत गरेका थिए । तर नगरपालिकाले आफैं प्रयोग गर्ने भन्दै दिन नमाने पछि लाखौं मूल्यको ट्याङ्कर प्रयोग विहिन भएको हो । उता नगर प्रमुख पूर्ण केसीले भने ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताएका छन् । किसानलार्ई गाईभैंसी खरीद गर्न अनुदान दिएर भएपनि दूध उत्पादनमा वृद्धि गर्ने नगरपालिकाको योजना रहेको उनले बताए ।