ओमिक्रोन संक्रमणको त्रासमा इजरायलले लगायो अमेरिका भ्रमणमा प्रतिबन्ध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको चिन्तालाई लिएर इजरायलले अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ । सोमबार मन्त्रिपरिषद्ले अमेरिका, इटाली, बेल्जियम, जर्मनी, हंगेरी, मोरक्को, पोर्चुगल, क्यानडा, स्विजरल्याण्ड र टर्कीलाई उड्न प्रतिबन्धित देशको सुचीमा राखेको हो ।

सम्बन्धित सामग्री

बाइडेनले हटाए दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाएका छन् । मंगलबार घोषणा जारी गर्दै बाइडेनले डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने घोषणा गरेका छन् । यसअगाडि बाइडेनले प्रतिबन्ध हटाउने घोषणा गर्नेबारे ह्वाइट हाउसले बताएको थियो । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ […]

दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने

दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ वटा देशबाट अमेरिका आउनमा रोक लगाएको थियो । डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने ह्वाइट हाउसले जनाएको छ । विगत १४ दिनभित्र ती ८ देशमा उपस्थीत भएकाहरुलाई पनि अमेरिका […]

ओमिक्रोन संक्रमणको त्रासमा इजरायलले लगायो अमेरिका भ्रमणमा प्रतिबन्ध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको चिन्तालाई लिएर इजरायलले अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ । सोमबार मन्त्रिपरिषद्ले अमेरिका, इटाली, बेल्जियम, जर्मनी, हंगेरी, मोरक्को, पोर्चुगल, क्यानडा, स्विजरल्याण्ड र टर्कीलाई उड्न प्रतिबन्धित देशको सुचीमा राखेको हो ।

ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन भनेर कसरी थाहा पाउने ?

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्।दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ।तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन्।ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ?सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ।प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट - जस्तै, डेल्टा वा ओमिक्रोन - पनि किटान गर्न सक्छन्।केही प्रयोगशालामा मात्र भेरिअन्ट पहिचान गर्न आवश्यक प्रविधि हुन्छ।संयुक्त राज्य अमेरिका विश्वमा पीसीआर परीक्षण गरिने सङ्ख्यामा अग्रपङ्क्तिमा आउँछ। त्यसपछि यूके, रुस, जर्मनी, इटाली र दक्षिण कोरियामा धेरै मात्रामा पीसीआर परीक्षण हुन्छ।भारतको हकमा परीक्षणको लागि पठाइएको कुल नमुनाको एक प्रतिशत मात्र डेल्टा वा ओमिक्रोनजस्ता भेरिअन्ट किटान गर्न प्रयोग हुन्छ।ओमिक्रोन विश्वभरि फैलिएको कसरी थाहा हुन्छ?ओमिक्रोनको आशङ्का गरिएको र नतिजामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पीसीआर परीक्षणको स्वाब ‘जीन सीक्वन्सिङ‘ भनिने पूर्ण आनुवंशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ।यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिअन्टबाट सङ्क्रमित रहेको पुष्टि गरेको छ। भाइरसको आनुवंशिक तत्त्वको प्रयोगशालामा गरिने यस्ता विश्लेषणहरू नयाँ भेरिअन्ट पत्ता लगाउन र तिनले कस्तो व्यवहार गर्छन् भन्ने पहिल्याउन महत्त्वपूर्ण हुन्छन्।यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै सङ्क्रमणहरू पहिचान भएका छैनन्। दक्षिण अफ्रिकामा पुष्टि भएका ओमिक्रोन सङ्क्रमितमध्ये झन्डै ९० प्रतिशत एउटै प्रान्तका मानिस हुन्।प्रारम्भिक रूपमा यो भेरिअन्ट यूरोपमा फैलिएको हुनसक्छ। पोर्चुगल, नेदरल्यान्ड्स, र यूके प्रत्येक देशमा एक दर्जनभन्दा बढी सङ्क्रमित फेला परेका छन्।यद्यपि यी सङ्ख्याले कुन देशमा ओमिक्रोन भेरिअन्टको सङ्क्रमण बढी छ भनेर जनाउँदैनन्। बरु कुनकुन देशले छिट्टै यसको पहिचान गरे भन्ने सङ्केत गर्छन्।के आरडीटी विधिले ओमिक्रोन पत्ता लगाउँछ?घरमै गर्न सकिने आरडीटी विधिको परीक्षणले कुन भेरिअन्टको सङ्क्रमण छ भन्ने किटान गर्दैन। तर सङ्क्रमण छ वा छैन पहिल्याउन यो विधिलाई प्रभावकारी मानिन्छ।के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू?विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ।यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्। दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्।दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका छन्। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस छन्।यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त 'बूस्टर' मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ।ओमिक्रोन र अन्य भेरिअन्टबीच कस्तो भिन्नता छ?ओमिक्रोन भेरिअन्टमा अहिलेसम्म नदेखिएका र अन्य भेरिअन्टमा भएका उत्परिवर्तहरू देखिएका छन्। तीमध्ये अधिकांश उत्परिवर्तनहरू भाइरसको सतहमा देखिने स्पाइक प्रोटीनमा छन्।अहिले उपलब्ध खोपहरूले स्पाइक प्रोटीनलाई नै लक्षित गर्छन् र अहिलेको मुख्य चुनौती यही हो।विशिष्टीकृत परीक्षणहरूमा ओमिक्रोनमा ‘एस-जीन ड्रपआउट’ भनिने आनुवंशिक जानकारी भेटियो जसले यो भेरिअन्ट पत्ता लगाउन सहज हुने देखियो।\तर सबै एस-जीन ड्रपआउट भाइरस ओमिक्रोन हुँदैनन्। ओमिक्रोन निर्क्योल गर्न जीन सीक्वन्सिङ नै गर्नुपर्छ।जीन सीक्वन्सिङको भूमिका के हो?भाइरसको आनुवंशिक संरचना भेरिअन्ट पत्ता लगाउनका लागि महत्त्वपूर्ण छ।आनुवंशिक तत्त्वको सूक्ष्म निरीक्षण गरेर वैज्ञानिकहरूले कुनै व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण छ वा विद्यमान र तीव्र गतिमा फैलिएको डेल्टा भेरिअन्टको सङ्क्रमण छ भन्ने पहिल्याउन सक्छन्।यो प्रक्रियाले विश्लेषण गरिएको स्वाबका बारे मात्र जानकारी दिन्छ। तर प्राप्त परिणामका आधारमा वैज्ञानिकहरूले नयाँ सङ्क्रमणको कति अनुपात नयाँ भेरिअन्ट हुन सक्छ भन्ने आकलन गर्छन्।यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरू यो प्रविधि प्रयोग गर्ने मामिलामा अग्रपङ्क्तिमा छन्। त्यसैले यी देशमा धेरै सङ्क्रमितमा ओमिक्रोन पुष्टि भएको छ। तर यो नयाँ भेरिअन्ट त्यहीँ उत्पत्ति भएको सङ्केत भने होइन।ओमिक्रोनबारे हामीलाई के थाहा छ?यस भेरिअन्ट कस्तो व्यवहार गर्छ र कति जोखिमपूर्ण छ भन्नेबारे निकै कम जानकारी छ।यो भेरिअन्ट कति सजिलै फैलिन्छ वा अन्य भेरिअन्टको तुलनामा यसले मानिसहरूलाई थप बिरामी बनाउँछ वा पहिले सोचिएकोभन्दा खोपको असर कम हुन्छ भन्नेबारे अन्योल कायम नै छ।झट्ट हेर्दा यो चिन्ताजनक नै देखिन्छ र देशहरूले पनि अप्रिय परिस्थिति नआओस् भने चाँडै प्रतिक्रिया जनाइरहेका छन्। -बिबिसीबाट साभार

यात्रा प्रतिबन्ध लागेपछि दक्षिण अफ्रिका निराश : भन्यो, ‘यसले केही हुनेवाला छैन’

दक्षिण अफ्रिकाका राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो र छिमेकी देशमाथि लगाइएको यात्रा प्रतिबन्धको विरोध गरेका छन् ।सिरिल रामाफोसाले आफू यो कारवाहीका कारण असाध्यै निराश भएको बताएका छन् । उनले यसलाई अनुचित बताउँदै प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन् ।ब्रिटेन, युरोपेली युनियन र अमेरिका ती देशमा समावेश छन् जसले दक्षिण अफ्रिकासहित केही अन्य अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘चिन्ताको कारण&

यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकाको माग

बीबीसी । दक्षिण अफ्रिकाका राष्ट्रपतिले आफ्नो देश र छिमेकीविरुद्ध लागु गरिएको यात्रा प्रतिबन्धको निन्दा गरेका छन् । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि यूके, यूरोपेली मुलुक, अमेरिका, अष्ट्रेलिया र इजरायललगायत देशले यात्रा प्रतिबन्ध लागु गरेका छन् ।   राष्ट्रपति सिरिल रामाफोसाले सो कदमलाई अनुचितभन्दै यस कार्यबाट आफू ‘गहिरो गरी...

ओमिक्रोन भेरियन्ट : यात्रा प्रतिबन्ध अन्याय भन्दै दक्षिण अफ्रिकाद्वारा विरोध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै आफ्नो र आफ्ना छिमेकी देशमाथि विभिन्न देशले लगाएको यात्रा प्रतिबन्धको दक्षिण अफ्रिकाका राष्ट्रपतिले विरोध गरेका छन् । राष्ट्रपति सिरिल सामाफोसाले यात्रा प्रतिबन्धले आफूहरुलाई गम्भीर रुपमा निराश र विचलित बनाएको उल्लेख गरेका छन् । यात्रा प्रतिबन्ध अन्याय रहेको र तत्काल फुकुवा गर्न उनले माग गरेका छन् । अमेरिका, बेलायत, युरोपियन […]

यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।  बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ । दक्षिण अफ्रिका,

नयाँ भेरिअन्ट पत्ता लाग्दा हामीलाई दण्ड दिइयो : दक्षिण अफ्रिका

काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि अमेरिका, बेलायत,क्यानडा, युरोपेली मुलुक एवं मध्यपूर्वका केही मुलुकहरुले त्यहाँबाट यात्रामा प्रतिबन्ध लगाएका छन् । यी देशहरुले दक्षिण अफ्रिकासँगै बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट यात्रामा प्रतिबन्ध लगाएका हुन् ।