पेट्रोल, डिजेल बिक्रीका लागि एकाधिकार पाएको नेपाल आयल निगमले नै विद्युतीय गाडी खरिद गरेको छ । पहिलो चरणमा निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो ।