मध्यबिन्दु- नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेसन निर्माणको प्रक्रिया सुरु भएको छ। उक्त गाउँपालिकाको वडा नं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताए। सवस्टेसन निर्माणका लागि आवश्यक चार बिघा जमिनको मुआब्जा वितरणको काम सकिएको उल्लेख गर्दै उनले एसियाली विकास बैंकको सात […]