नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सव–स्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ मा निर्माण गरिने अरुण खोला दुम्किवास १३२ केभी सवस्टेशन आयोजनाका लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताए ।सव–स्टेशन निर्माणका लागि आवश्यक चार बिघा जमिनको मुआब्जा वितरणको काम सकिएको उनले बताए । एसियाली विकास बैंकको ७० लाख अमेरिकी डलर सहयोगमा दुई वर्षभित्र निर्माण सम्पन्न हुने आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट गरी सम्झौताको का