सहिद दिवसका अवसरमा सोमबार आयोजित छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । व्यास नगरपालिका–५ मानहुँकोटदेखि वडा ८ पुलिमराङसम्मको ४४ किमी दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै विशालले उपाधि जितेका हुन् ।