काठमाडौँ – प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। काज सरुवाको निर्णयअनुसार चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरिएको हो। उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई पठाइएको छ। सीआईबीका प्रवक्तासमेत […]