प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार पाँचथरबाट वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धी नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई दस हजार ६ सय १६ मतको फराकिलो अन्तरले विजय प्राप्त गरेका हुन् । वसन्तकुमार नेम्वाङको लागि यो तेस्रो जित हो ।