‘कोप–२६’मा नेपालका तर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६)मा नेपालका तर्फबाट उच्चस्तरीए र प्रभावकारी सहभागिता रहने भएको छ । यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो शहरमा हुने सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी हुनेछन् । मुलुकको कार्यकारी प्रमुखको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएपछि सम्मेलनको सम्पर्क मन्त्रालयका रूपमा रहेको वन मन्त्रालयले तयारी चुस्त बनाएको छ । मुख्य सम्मेलनसँगै ‘साइड इभेन्ट’ र वार्ताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले बताएको छ । सम्मेलनमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिक प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभावजस्ता विषयमा सशक्त रूपमा आवाज उठाउने तयारी गरेको छ । यसबाहेक जलवायुजन्य हानिनोक्सानी, राष्ट्रिय योगदान प्रतिबद्धता (एनडीसी) प्रतिवेदन कार्यान्वयनका लागि स्रोतको खोजी, कार्बन वित्तलगायत विषय नेपालको प्राथमिकता हुनेछ । सम्मेलनमा नेपालले उठाउने विषयका बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको मन्त्रालयका सचिव पेमनारायण कँडेलले जानकारी दिए । ‘यो पटकको तयारी प्रभावकारी भएको र उच्चस्तरीय सहभागिताले सम्मेलनमा नेपालको उपस्थिति थप सशक्त हुने विश्वास लिएका छौं,’ उनले भने । पेरिस सम्झौताको प्रतिबद्धता पूरा गर्न सहयोग पुग्नेगरी मन्त्रालयले दीर्घकालीन रणनीति, जलवायुजन्य हानि र क्षतिको प्रतिवेदन, राष्ट्रिय अनुकूलन योजना, एनडीसी, थर्ड नेशनल कम्युनिकेशन (टीएनसी), टेक्नोलोजिकल निड एसेसमेन्ट (टीएनएस), लैंगिक तथा सामाजिक समावेशीकरण रणनीति, कार्ययोजनालगायत आवश्यक प्रतिवेदन तथा दस्तावेज बनाउने र पेश गर्ने काम गरिसकेको छ । नेपालले वन संरक्षणमा राम्रो गरेको र झन्डै ४५ प्रतिशत वन क्षेत्र पु¥याएको, समुदायमा आधारित संरक्षण कार्यक्रम अघि बढाएको कुरा पनि सम्मेलनमा राखिनेछ । यसैगरी विकसित मुलुकले कार्बन उत्सर्जन गरेबापत क्षतिपूर्तिका रूपमा दिने भनी गरेको प्रतिबद्धताअनुसारको रकम उपलब्ध गराउन नेपालले दबाब दिने बताइएको छ । वित्त सहयोगका उपकरणलाई पनि सहज बनाउन र यसमा सरकारको सीधा पहुँच बनाउनेलगायत विषयमा आफूहरूले जोड दिने कँडेलले बताए । सम्मेलनको उच्चस्तरीय सत्रको नेतृत्व प्रधानमन्त्रीको हुने र कोप–२६ को बाँकी कार्यक्रममा प्राविधिक सत्र नेतृत्व वन सचिवले गर्ने तय गरिएको छ । यसबाहेक विभिन्न विषयमा विज्ञसहितको टोली बनाएको र सो टोलीले ‘साइड लाइन’ वार्ता गर्नेछन् ।      हरेक वर्ष हुँदै आएको यस्तो सम्मेलन गतवर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । पेरिस सम्झौता कार्यान्वयनको पाँच वर्षभित्र गर्नुपर्ने विषयमा छलफल गर्न पनि यो सम्मेलन महत्त्वपूर्ण हुनेछ । सन् २०१५ मा भएको पेरिस सम्झौताको सन् २०५० सम्ममा हरित ग्यास उत्सर्जन शून्यमा पुर्‍याउने ‘रोडम्याप’ कार्यान्वयन गर्न विश्वका विभिन्न मुलुकसँगै नेपालले पनि आफ्नो एनडीसी प्रतिवेदन पेश गरिसकेको छ । पेरिस सम्झौतामा मुख्य गरी सन् २०५० सम्म हरित ग्यास उत्सर्जन शून्यमा पुर्‍याउने प्रतिबद्धता, विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित गर्ने तथा २ डिग्री सेल्सियस भन्दा बढ्न नदिने सहमति भएको थियो । रासस

सम्बन्धित सामग्री

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सहभागिता जनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन सोहीअनुसारको तयारी थालेको छ । […]

नेपाली टोली चीन हिंडेपछि यूएन महासभामा ग्लोबल साउथ इभेन्ट गर्दै भारत

५ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार अमेरिकाको न्यूयोर्क पुगेको छ । महासभामा सदस्य राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रिस्तरीय तहमा सहभागिता हुने उच्चस्तरीय छलफलको चौथो दिन भारतीय प्रतिनिधिमण्डल न्यूयाेर्क पुगेको हो । शुक्रबारदेखि नौ दिन लामो अमेरिका भ्रमण तय गरेका भारतीय विदेशमन्त्री […]

मन्त्रीमण्डलमा न्यायोचित सहभागिता गराउन नचाहेको जसपाको निष्कर्ष

काठमाडौँ । सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक मंगलबार बसेको छ । पार्टी कार्यालयमा बसेको उक्त बैठकले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन उच्चस्तरीय राजनीतिक संयन्त्रले नचाहेको निष्कर्ष निकालेको

अरुण तेस्रो परियोजनाको उच्चस्तरीय अनुगमन

रूपान्तरणकारी योजनाका रूपमा निर्माणाधीन अरुण तेस्रो (९०० मेगावाट) जलविद्युत परियोजनाको उत्पादनतर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिबारे शनिबार उच्चस्तरीय अनुगमन भ्रमण सम्पन्न भएको छ ।उक्त भ्रमणको नेतृत्व नेपाल सरकारका मुख्यसचिव श्री शंकरदास बैरागीले गरेका थिए र भ्रमणमा नेपाल सरकारका सचिवहरू, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत उच्चपदस्थ अधिकारी तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो […]

अरुण तेश्रो परियोजनाको उच्चस्तरीय अनुगमन भ्रमण सम्पन्न

रुपान्तरणकारी योजनाका रुपमा निर्माणाधीन अरुण तेश्रो ९०० मेगावाट जलविद्युत परियोजनाको उत्पादनतर्फका निर्माणस्थल र वितरणतर्फको प्रशारण लाइनको प्रगतिको सम्बन्धमा उच्चस्तरीय अनुगमन भ्रमण सम्पन्न गरिएको छ ।उक्त भ्रमणको नेतृत्व नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले गरेका थिए र भ्रमणमा नेपाल सरकारका सचिवहरु, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायत उच्चपदस्थ अधिकारीहरू तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधि समेतको सहभागिता रहेको थियो ।भ्रमणका क्रममा परियोजनाको बाँधस्थल, विद्युत गृह, प्रसारणला

राष्ट्रसंघको महासभामा उच्चस्तरीय सहभागिता हुन्छ : परराष्ट्र मन्त्रालय

संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  सिंहदरबारमा बुधबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्, “नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएपछि हामी जानकारी गराउने नै छौँ, हामीले उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेका छौँ ।” प्रवक्ता लम्सालले महासभामा मुलुकको उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना रहेको र विश्वभरका सरकार वा राष्ट्रप्रमु

प्रधानमन्त्री देउवा आज स्कटल्यान्ड जाँदै, यस्ता छन् छुटाउनै नहुने विषय

स्कटल्यान्डको ग्ल्यास्गोमा आइतवारदेखि जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) हुँदैछ । त्यसमा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार त्यता जाँदै छन् ।  जलवायुसम्बन्धी सम्मेलनमा नेपालले उच्चस्तरीय प्रतिनिधित्व गर्दै आएको छ । संसारभरि यसको प्रभाव बढिरहेको नेपालले पनि गहन तयारीसाथ सहभागिता जनाइरहेको सरकारी अधिकारीहरूको दाबी छ ।  जलवायु परिवर्तनको प्रभावस्वरूप एक शताब्दीमा एक डिग्री सेल्सियस तापक्रम बढेको छ । शिखरमा हिउँ पग्लिने क्रम यसरी बढेको छ कि, सिजनमा पनि हिमाल नाङ्गा द...

चीनद्वारा बीआरआईबारे उच्चस्तरीय सम्मेलन आयोजना

काठमाडौँ । चीनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरूसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा केन्द्रीत रही उच्चस्तरीय सम्मेलनको आयोजना गरेको छ । बीआरआई र कोरोना महामारीबारे ३० देशका प्रतिनिधिहरुलाई भेला गरी छलफलको आयोजना गरेको हो । छलफलमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेको सहभागिता रहेको थियो । सम्मेलनमा बोल्दै पौडेलले कोरोना […]