काठमाडौं : कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेश मार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बजेट सार्वजनिक गरेका थिए। जस अनुसार सरकारले शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएकाे छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बिनियोजन गरिएकाे छ। यस कार्यक्रमबाट तीन वर्षभित्र सबै तहका सामुदायिक क्याम्पसका कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, खानेपानी तथा शौचालय लगायत वैकल्पिक सिकाई अनुकूल भ