शिक्षामा बजेट : नीति एउटा, बजेट अर्कै

काठमाडौं । सरकारले ६ दिनअघि घोषणा गरेको नीति तथा कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको घोषणा गरेभन्दा फरक गरी बजेट विनीयोजन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० गते सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा कक्षा १ देखि ८ सम्मका सम्पुर्ण विद्यार्थीलाई दिवा खाजा उपलक्ध गर्ने उल्लेख थियो । तर आइतबार सार्बजनिक गरेको आर्थिकवर्ष २०७९÷०८० बजेटमा […]

सम्बन्धित सामग्री

बजेटमा शिक्षा : देखिंदैन सुधारको संकेत र दूरदृष्टि

बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम पुरानै हो तर टिकाउ दर बर्सेनि निरन्तर घटिरहेको तथ्यांकले नै प्रमाणित गर्छ । यसबारे पनि ठोस योजना बजेटमा कतै उल्लेख छैन ।

हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो ‘बजेट’  :  अर्थमन्त्री शर्मा

जेठ १८, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गरिब, उत्पीडित जनता, अर्थशास्त्री, बुद्धिजीवी र आम राजनीतिक पार्टीको मार्ग निर्देशनलाई बजेटमा आफूले प्रस्तुत मात्रै गरेको उल्लेख गर्दै विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त भएर अघि बढ्न आग्रह गरेका छन् ।             राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै उनले बजेट कस्तो लाग्यो भन्ने कुरा आआफ्नो खालको टिप्पणी हुने भए पनि सरकारबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम र तल्लो तहबाट आएको सुझावकै आधारमा बजेट ल्याइएको बताए । उनले बजेटमा केही त्रुटि हुनसक्ने भन्दै राम्रा पक्षका विषयमा पनि ध्यान जानुपर्नेमा जोड दिंदै यसपाली बजेट ९ दशमलव ६८ प्रतिशतले वृद्धि गरिएको बताए । सामान्यतः बजेट १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदै आएको थियो ।     मुलुक संकटका अवस्थामा रहेका बेला बजेटले सम्बोधन नगरेको भनेर सांसदहरूबाट आलोचना आएका सन्दर्भमा अर्थमन्त्री शर्माले मुलुक संकटमा भए पनि यसको समाधान यही हो छैन भने पनि समाधान यही हो भनी बताए ।   उत्पादन र उत्पादकत्व वृद्धिका लागि मुलुकमा भएको अधिकतम स्रोतसाधन परिचालन गर्नुपर्नेमा जोड दिंदै उनले प्रविधिलाई विश्व बजारबाट लिने हो, कृषि उत्पादनको परम्परागत अवस्था छ, त्यसलाई यान्त्रिकरण, व्यावसायीकरण र रुपान्तरण गर्ने पर्ने आवश्यकता रहेको बताए ।        अर्थमन्त्रीका अनुसार उद्योग बनाउनका लागि पनि कृषिकै आवश्यकता हुन्छ । आयात प्रतिस्थापनका लागि पनि कृषि नै चाहिन्छ । अहिले उत्पादनतर्फ निरासा देखिएकाले बजेटले आशावादीमा परिणत गर्न खोजेको छ । नागरिकलाई उत्साहित गर्दै कृषि क्षेत्रमा लाग्नुपर्छ भनेर सन्देश दिनेगरी बजेट आएको उनले दाबी गरे । यसका लागि भने तीनै तहको सहकार्यमा मात्रै काम गरिने र मुख्य गरी स्थानीय सरकारलाई बढी जिम्मेवारी दिइने कुरा स्पष्टरुपमा उल्लेख भएको उनले बताए ।   उनले जस्तापाता, जुत्ताजस्ता वस्तु कम मूल्यमा उत्पादन गर्ने वातावरण सिर्जना गरिदियो भने निर्यातको सम्भावना रहने भएकाले नै निजी क्षेत्रलाई विकासको इञ्जिन भनिएको बताए ।          उनले बजेट बनाउँदा दिमागमा चुनाव भन्ने कुरै नआएको तर संसदमा आएपछि मात्रै सुनेको बताए । अर्थमन्त्री शर्माले अहिलेको समस्या समाधान कसरी गर्ने रोजगारी कसरी सृजना गर्ने भन्नेमा बजेट केन्द्रित रहेको पनि दाबी गरे ।  विश्वव्यापी कोभिड महामारीका कारण ठूलो असर गरेको बताउँदै अर्थमन्त्री शर्माले मुलुकमा पर्यटनको अथाह सम्भावना भएको उल्लेख गरे । साथै उनले शिक्षामा बजेट कम भएको छैन भन्दै शिक्षामा गत वर्षकोभन्दा बजेट वृद्धि गरिएको बताए ।

शिक्षामा बजेट बढाउन सांसदको माग

काठमाडौं : सांसदले शिक्षामा बजेट बढाउन सरकारसँग माग गरेका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा समिति सदस्यहरुले संविधानले प्रत्याभुत गरेको शिक्षाको अधिकार सबैमाझ पुर्‍याउनका लागि बजेट बढाउनुपर्ने माग गरेका हुन्। संविधानले आधारभूत शिक्षालाई मौ...