नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा सहभागितामूलक लोकतान्त्रिक अभ्यासविपरीत गतिविधिहरू भइरहेको प्रति शीर्ष नेताहरूले नै असन्तुष्ट बनेका छन् । हालसम्म बसेका काँग्रेसका तीन वटा केन्द्रीय कार्यसमिति बैठकले पनि त्यसैतर्फ सङ्केत गरेको छ । केन्द्रीय समितिका तीनवटै बैठक बस्नुअघि ‘कोठा’बाट निर्णय भए र त्यो निर्णयलाई अनुमोदनका लागि केन्द्रीय समितिमा ल्याइयो । नेताहरूको आरोप छ, काँग्रेसका पाँच पदाधिकारीले केन्द्रीय कार्यसमितिलाई ‘मन्थन’ नभई ‘अनुमोद