काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका कामु सेनापति प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेकी छन्।संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषदको सिफारिशमा शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ।शर्मालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधान सेनापति नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।प्रधान सेनापति पूर्णचन्द्र थापाले अवकाश पाएपछि शर्मा प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्। शर्मा अहिले कायम