एक हजार कर संकलन गर्न ३ रूपैयाँ ३८ पैसा खर्च, लक्ष्य नभेट्दा बढ्यो लागत

८ मंसिर, काठमाडौं । नेपालमा सरकारले एक हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न ३.३८ पैसा खर्च गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा सरकारले राजस्व संकलनका लागि गरेको लागत विश्लेषणबाट उक्त आंकडा देखिएको हो । आन्तरिक राजस्व विभागका अनुसार यस आवमा ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ राजस्व उठेको थियो । यस आवमा […]

सम्बन्धित सामग्री

बागलुङमा ७६ प्रतिशत कर संकलन

आन्तरिक राजश्व कार्यालय बागलुङले जेठ मसान्तसम्म लक्ष्यको ७६ प्रतिशत राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्म राखेको लक्ष्य ६७ करोड ५२ लाख मध्ये ५१ करोड ६८ लाख मात्रै राजश्व संकलन भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले लक्ष्य भेटाउन सकेन

पश्चिमको व्यापारिक क्षेत्र भएका कारण बढी कर संकलन गर्दै आइरहेको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको १० महिनासम्म पनि लक्ष्य भेटाउन सकेको छैन । विश्वमा देखिएको आर्थिक मन्दीका साथै गत वर्षभन्दा कार्यालयले महत्वाकाँक्षी रूपमा असुली गर्ने करको लक्ष्य निर्धारण गर्दा लक्ष्य भेटाउन नसकेको हो । कार्यालयका कर अधिकृत यज्ञराज ढकालका अनुसार वैशाखसम्म ६ अर्ब […]

डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन

डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन । आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा, बैतडी, बझाङ्ग र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजश्व […]

विराटनगर महानगरद्वारा कर संकलन अभियान सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले कर संकलन अभियान थालेको छ । गत दुई आर्थिक वर्षमा लक्ष्यको ५० प्रतिशत पनि आन्तरिक आय संकलन नभएपछि महानगरपालिकाले आज बुधबारदेखि कर संकलन अभियान थालेको हो । महानगरपालिकाले कर संकलनलाई वडागत रूपमा सुरु गरेकाे छ । विराटनगर महानगरले आर्थिक वर्ष २०७७/०७८ मा ९५ करोड ७५ हजार लक्ष्य लिएकोमा त्यसको ४२ प्रतिशत […]

महानगरको कर संकलन अभियान

विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्नुका साथै कर संकलन अभियान सुरु गरेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे । चालू आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान […]

विराटनगर महानगरले स्थानीयस्तरबाट सुरु गर्‍यो कर संकलन अभियान – देशसञ्चार

मोरङ – चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान स्थानीयस्तरबाट सुरु गरेको छ। मंगलबार

कमलामाई नगरपालिकाले लक्ष्य भन्दा बढी राजस्व रकम संकलन गर्‍यो

सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिकाले आन्तरिक राजस्वकाे लक्ष्य भन्दा बढी रकम संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले लक्ष्य भन्दा १ करोड १६ लाख १३ हजार ९ सय ७४ बढी राजस्व रकम संकलन गरेको हो । नगरपालिकाले सबै भन्दा बढी घरबहाल कर संकलन गरेको जनाएकाे छ । साेही नगरपालिकाले १ करोड २५ […]

आन्तरिक राजस्व कार्यालय बागलुङ : प्रथम त्रैमासमा लक्ष्यभन्दा बढी राजस्व संकलन

बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व संकलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताए । ‘धेरैजनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने सोचको विकास भएको छ,’ नेपालले भने, ‘बाध्यात्मक अवस्थाबाहेक कर समयमै उठ्ने गरेको छ ।’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुका साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ । असोज महीनासम्म पाँच करोड ८३ लाख आयकर संकलन गर्ने लक्ष्यमा १९९ प्रतिशत प्रगति गरेर ११ करोड ६१ लाख कर संकलन गर्न सफल भएको हो । घरबहाल करतर्फ भने कर संकलनमा कमी भएको छ । १४ लाख संकलन गर्ने लक्ष्यमा तीन लाख ६५ हजार मात्रै संकलन भएको छ । कार्यालयले गत असोज महिनामा मात्रै १ करोड ७० लाख आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ३ करोड ६८ लाख संकलन भएको नेपालले जानकारी दिए । असोज महिनामा भ्याटतर्फ २६ करोड संकलन गर्ने भनिएकोमा ५६ प्रतिशत मात्रै पूरा भएको थियो । भ्याटतर्फ असोज मसान्तसम्ममा भने लक्ष्य पूरा भएको छ । कार्यालयले अन्तशुल्क, शिक्षा तथा स्वास्थ्य करलगायत पनि संकलन गर्ने गरेको छ । शीर्षकमा गरी असोज मसान्तसम्ममा १९ करोड २५ लाख कर संकलन गर्ने लक्ष्यमा कार्यालय १३३ प्रतिशत प्रगति गरेर २५ करोड ७१ लख ६५ हजार कर संकलन गर्न सफल भएको हो । पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि बागलुङसहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि शुरू भएको छ । रासस

लक्ष्यको ९५ प्रतिशत कर संकलन

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा सरकारले लक्ष्यको ९५ प्रतिशत कर संकलन गरेको छ। गत वर्षका लागि ल्याइएको १४ खर्ब ७४ अर्ब रुपैयाँ बजेटमा करबाट नौखर्ब १२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य सरकारको थियो। जसमा असार मसान्ससम्मा लक्ष्यको ९५.३१ प्रतिशत आठखर्ब ७० अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। आज एकखर्ब ७३ करोड रुपैयाँ कर संकलन भएको छ।

कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा सरकारले लिएको लक्ष्यको ९३ प्रतिशत कर संकलन भएको छ। महालेखा नियन्त्रकको कार्यालयकाअनुसार आजसम्म ८ खर्ब ५२ अर्ब ८० करोड रुपैयाँ कर संकलन भएको हो। चालू आवमा ९ खर्ब १२ अर्ब ९० करोड रुपैयाँ कर संकलन गर्ने सरकारको लक्ष्य थियो।