थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: काठमाडौँ र धादिङ दुवैतर्फ काम सुचारु

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । “पूर्व (काठमाडौँ)तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढोका (स्टिल रिब्स) राखिन्छ र सुरुङ खनिन्छ । ढोका राखिन्छन् फेरि एक मिटर सुरुङ खनिन्छ, फेरि ढोका राखिन्छ । ढोका राख्ने र खन्ने काम सँगसँगै अगाडि बढ्छन्,” आयोजना प्रमुख शाक्यले भन्नुभयो ।

सम्बन्धित सामग्री

दैनिक १० मिटर खनिन्छ थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

मुलुककै ‘ड्रिम  प्रोजेक्ट’का  रूपमा  रहेको  थानकोट–नागढुङ्गा–सिस्नेखोला  सुरुङमार्गको  सुरुङ खन्ने  काम  दैनिक  लक्ष्यभन्दा  तीव्र  रूपमा अगाडि बढेको छ। दैनिक सात मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना  प्रमुख  नरेशमान  शाक्यले अहिले सुरुङमार्गको पूर्वतिर (काठमाडौँ)बाट र पश्चिमतिर (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर  रूपमा ...

सुरुङ मार्गको काम तीव्र

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । सुरुङमार्गको पूर्वतर्फ (काठमाडौँ)बाट र पश्चिमतर्फ (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर जारी छ । आयोजना स्थलमा दैनिक तीन सिफ्टमा छ सय जना जनशक्ति कार्यरत छन् । जग्गा अधिग्रहण, मुआब्जा वितरण, स्थानीयको अवरोध, भारतबाट विस्फोटक पदार्थ ल्याउनमा भएको ढिलाइलगायतका समस्यालाई समाधान गर्दै बिनाअवरोध सुरुङ निर्माण कार्य अगाडि बढिरहेको आयोजनाले जनाएको छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका वरिष्ठ इन्जिनियर अच्युत भट्टले सुरुङ खन्नेलगायत सम्पूर्ण निर्माण कार्यले तीव्रता पाएको बताउँदै भन्नुभयो, “सुरुङ खन्नु, पहुँच बाटोहरूको निर्माण गर्नु, कल्भर्टलगायतका संरचनाको निर्माण गर्नुबाहेकको अन्य कुनै काम अब बाँकी छैन ।”

थानकोट-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।