थानकोट-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

सम्बन्धित सामग्री

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री महत

त्रिशूली- अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि ...

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री महत

त्रिशूली- अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि ...

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन्।

नागढुंगा सुरुङमार्गको काम आधा मात्रै सकियो

१३ चैत, काठमाडौं । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने नागढुंगा सुरुङमार्ग निर्माणको काम आधामात्रै सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ५०.१५ प्रतिशत भौतिक निर्माणको काम सकिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ५४.३९ प्रतिशत रकम खर्च भइसकेको छ । ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित […]

लामाबगर सुरुङमार्ग छेडियो

सरकारको प्राथमिकतामा नपरेको लामाबगर सुरुङमार्गको काम निजी क्षेत्रले बनाएको छ । यो सुरुङमार्ग ११ सय मिटर लामो छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो । नेपालको हालसम्मको सबैभन्दा लामो सुरुङमार्ग हो । यसअघि बाहिरी सडक […]

निजी क्षेत्रले बनाउँदै लामाबगर सुरुङमार्ग

सरकारले ढिला गर्ने भएपछि निजी क्षेत्र आफैंले एक वर्षअघि सुरु गरेको लामाबगर सुरुङमार्ग आधाभन्दा बढी तयार गरेको छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो ।११ सय मिटर लम्बाइको सी आधारमा निर्माण थालिएको ६ मिटर उचाइ […]

लामाबगरमा सुरुङमार्ग निर्माण कार्य सुरु

उत्तर–दक्षिण कोरिडरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावटा क्षमताको आयोजना सञ्चालन गरिरहेको दुगढ हाइड्रो पावर प्रालिले आप्mनै लगानीमा यो सुरुङमार्ग निर्माण सुरु गरेको हो ।

नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत

निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ।

नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो

नागढुङ्गा सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको हो । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि

‘साइट क्लियर’ नहुँदा नागढुंगा सुरुङमार्ग निर्माणमा ढिलाइ

सरकारले ‘साइट क्लियर’ नगरेकाले निर्धारित समयमा नागढुंगा सुरुङमार्ग निर्माण सुरु गर्न ढिलाइ हुँदा आर्थिक