ललितपुर महानगरका विभिन्न ठाउँमा बिजुली अवरुद्ध

काठमाण्डाै - ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा गएरातिदेखि बिजुली छैन । लगनखेल, सातदोबाटो, खुमलटारलगायतका ठाउँमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । हिजो बेलुकादेखि नै ती ठाउँमा झ्यापझ्याप बिजुली आउने जाने भइरहेको थियो । गएरातिदेखि बिजुली नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अहिले बिहानदेखि प्राविधिक खटाएर मर्मतको काम थालिने विद्युत् प्राधिकरण लगनखेल वितरण शाखाले जनाएको छ ।  

सम्बन्धित सामग्री

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर निबुवाटार गाउँपालिका– ४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३१ बिजुली बजारबाट पक्राउ गरेको हो । जापान पठाइदिन्छु भन्दै अधिकारीले विभिन्न […]

अन्धकार सडक

शहरी सडक उज्यालो पार्ने विषयमा समन्वय हुन नसक्दा राजधानी काठमाडौंका प्रमुख सडक अन्धकारपूर्ण देखिने गरेका छन् । महानगरपालिका भएर पनि अँध्यारो सडकमा यात्रा गर्नुपर्दा पैदल यात्रु र सवारीसाधन चालकसमेत समस्यामा परेका छन् भने विभिन्न आपराधिक घटनासमेत भएको पाइन्छ । काठमाडौं महानगरपालिकाले ‘स्मार्ट स्ट्रीट लाइट’ जडान गर्न सम्झौता गरेको २ वर्ष बितिसक्दा पनि काम अघि बढेको छैन । महानगरमा नवनिर्वाचित मेयर बालेन शाहले सडक बत्तीका लागि काम अघि बढाउन त्यति चासो दिएको पाइँदैन । सँगैको ललितपुर महानगरपालिकाले आफ्ना धेरैजसो सडकमा झिलिमली पार्दा काठमाडौंले त्यो गर्न नसक्ने पक्कै होइन । त्यसैले महानगर प्रशासनको प्राथमिकतामा सडक बत्ती नपरेको भन्ने यसले देखाउँछ । शहरी सौन्दर्य र सुरक्षासँग जोडिएको विषय हो : सडक बत्ती । यसले सडक उज्यालो पार्ने मात्र होइन, रात्रिकालीन शहरलाई चलायमान बनाउन पनि मद्दत गर्छ । विश्वका पुराना शहरहरूमा सडक बत्तीको सजावटबाट पर्यटकलाई आकर्षित गरेको पाइन्छ । प्यारिसलगायत थुप्रै शहरमा यस्तो दृश्य देख्न पाइन्छ । सांस्कृतिक नगरीको उपमा दिने गरिएको काठमाडौंमा भने सांस्कृतिक सम्पदाका क्षेत्रहरूमा समेत अन्धकार पाइन्छ । विश्व सम्पदामा सूचीकृत भनेर गर्व गरेर मात्र पुग्दैन, त्यसअनुसार साजसज्जा गरिनु पनि आवश्यक हुन्छ । बिजुलीबत्तीको कलात्मक सजावट राजधानीका कुनै पनि ठाउँमा पाइँदैन । सांस्कृतिक सम्पदा क्षेत्रमा यसको आवश्यकता महानगरले देखेको पाइँदैन । सडक बत्तीको व्यवस्थापनको जिम्मेवारी सडक विभाग, विद्युत् प्राधिकरण र महानगरपालिकामध्ये कसको हो भन्नेमै पनि विवाद पाइन्छ । महानगरले प्राधिकरणले आफ्नो जमीनमा पोल गाडेकाले बिजुली बालिदिनुपर्छ भन्ने तर्क गरेको समेत पाइन्छ । जे भए पनि यी निकायबीच समन्वय र सहकार्य नहुँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको छ । सौर्य सडक बत्ती बाल्ने र त्यसको लागत विज्ञापनमार्फत उठाउने भनेर एउटा स्टार्ट अपले केही सडकमा बत्ती जडान गरेको थियो । तर, उसले त्यसलाई निरन्तरता दिन सकेन । ती बत्ती करीब करीब काम नलाग्ने भइसकेका छन् । त्यसलाई सहयोग गरिदिएको भए पनि सडक उज्यालो बनाउन सकिन्थ्यो । प्राधिकरण र महानगरले साझेदारी गरेर पनि सडक झिलिमली बनाउन सक्छन् । उपभोक्ता समितिको सक्रियतामा भित्री सडक उज्यालो भएको पाइन्छ । त्यही मोडल अपनाउन सकिन्छ भने त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।

८ जिल्लामा भदौसम्म सडक खन्न रोक

काठमाडौं । यो वर्षको मनसुन शुरू भएसँगै काठमाडौं उपत्यकासहितका विभिन्न ८ जिल्लामा सडक खन्न तथा सडकसम्बन्धी कुनै पनि कार्य गर्न रोक लगाएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि योे निर्णय कार्यान्वयन गर्न सम्बद्ध सडक डिभिजन कार्यालयहरूलाई निर्देशन दिएको छ । आइतवार सूचना जारी गर्दै कार्यालयअन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, खुर्काेट, नुवाकोट, भरतपुर र चरिकोट सडक डिभिजनअन्तर्गत रहेका सडकहरू खन्न रोक लगाएको हो । कार्यालयका सुपरिटेन्डिङ इन्जिनीयर कैलाशकुमार श्रेष्ठले वर्षायाम शुरू भएसँगै विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल नै मर्मतसम्भार गर्न नसक्ने हुँदा असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने कार्य नगर्न भनिएको जानकारी दिए । खानेपानी÷धारा, ढल, बिजुली र टेलिफोनजस्ता प्रयोजनका लागि सडक खन्दा पीच गर्न नसकिने, सडकमा पानी जाम हुँदा सडक बिग्रने हुँदा सडक खन्ने कार्यमा रोक लगाइएको उनको भनाइ छ । वर्षामा कालोपत्र वा सडक पिच गर्न नसकिने र पानी परिरहने हुँदा काम गर्न समस्या हुने भएकाले सडक खन्ने कार्य बन्द गरिएको हो । कार्यालयले निर्देशनविपरीत सडक खनेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । कार्यालयअन्तर्गत रहने कुनै पनि सडक खन्न नदिने र कसैले जबरजस्ती खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने कार्यालयले जानकारी दिएको छ । कार्यालयअन्तर्गत यी जिल्लमा ३ हजारभन्दा बढी सडक सञ्जाल विस्तार भइसकेको छ । निर्माण व्यवसायी/श्रमिकलाई खोप दिन माग नेपाल निर्माण व्यवसायी महासंघले विकास निर्माणमा अग्रपंक्तिमा रहेर साइटमा खटिने निर्माण व्यवसायीहरूसहित तीनका कामदार तथा श्रमिकहरूलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ । आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई भेटेर महासंघले खोपको व्यवस्था मिलाउन आग्रह गरेको हो । आगामी आर्थिक वर्षको बजेट तथा समसामयिक विषयमा महासंघले मन्त्रीसमक्ष धारणा पेश गर्दै आयोजनाहरूको ६ महीना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको बताएको छ । महासंघले २०७८ वैशाख १६ गतेभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरूका लागि स्वतः १ वर्ष म्याद थप गर्न माग गरेको छ । संघीय, प्रदेश र स्थानीय सरकारका निकायहरूबाट भइरहेको बोलपत्र आह्वानलगायत सम्पूर्ण खरीदका प्रक्रिया स्थगित गर्न पनि महासंघले माग गरेको छ । महासंघले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान हुन बाँकी रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ । पुराना निर्माण कार्यहरूको भुक्तानीका लागि बजेटको व्यवस्था नभईकन नयाँ बोलपत्रहरूको आह्वान प्रक्रिया बन्द गर्न पनि महासंघले सुझाव दिएको छ ।

ललितपुरका यी ठाउँमा ३ दिन दिनभरि नै बत्ती जाने

ललितपुर – ललितपुरका विभिन्न क्षेत्रमा तीन दिन दिनभरि नै बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ  फिडरबाट वितरित ११ के भी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले मङ्गलबार, आउँदाे बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ...