आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यकः मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन्।

सम्बन्धित सामग्री

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल - NepaliPatra

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री अर्यालले योजनाहरु सफल पार्नु भन्दाअघि विगतका योजनाहरु कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने औंल्याए । उनले गरिबी, आम्दानी, शिक्षा, […]

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता भएको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरण : आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरण अहिलेको प्रमुख आवश्यकता भएको औंल्याएकी हुन् । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको भन्दै मन्त्री अर्यालले कृषिप्रधान देशमा यो निकै कम रहेको बताइन् । यसलाई बढाउँदै लैजाने योजना मन्त्रालयको रहेको जानकारी उनले दिइन् । परम्परागत कृषिको व्यावसायिकीकरण र आधुनिकीकरण गर्न विशेष जोड दिनुपर्ने उनले बताइन् । कृषिको यान्त्रिकीकरणका लागि नीति बनिसकेकाले सोही नीति अनुसार काम अघि बढ्ने कृषि मन्त्रालयले बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाबाटै कृषिमा आत्मनिर्भर बनाउने योजना अनुरूप हाल ७१ ओटा जोन र सुपर जोन घोषणा भएका छन् । साथै कृषि उत्पादन बढाउन बल्क र पकेट क्षेत्र कार्यक्रम समेत विस्तार गर्ने मन्त्रालयको योजना छ । कृषि उत्पादनको बजारीकरणका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रममा स्थानीय हाटबजारको निर्माण, एक पालिका : एक कोल्ड स्टोर, एक पालिका : एक नर्सरी निर्माण लगायत योजना अगाडि सारेको छ । साथै मन्त्रालयले इजरायलबाट नेपालमा उच्चस्तरका कृषि प्रविधि भिœयाउन दुई देशबीच समन्वय गर्दै अघि बढ्ने योजना समेत आगामी वर्षका लागि तयार गरेको छ । कार्यक्रममा नार्कका वैज्ञानिक श्रीमत श्रेष्ठले सबै किसानले यन्त्र÷उपकरण किन्न नसक्ने भएकाले त्यसका लागि सरकारले भाडामा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

नेपालमा नै मल कारखाना स्थापना गर्दैछौंः मन्त्री अर्याल

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छिन्  । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले  किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।‘धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्र...