बीबीसी। भारतको अर्थ मन्त्रालयले अखबार ‘दैनिक भास्कर’ले ७ करोड भारतीय रुपैयाँ (११ अर्ब २० करोड नेपाली रुपैयाँ) आय लुकाएको दाबी गरेको छ। अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भास्कर समूहले पछिल्लो ६ वर्षमा सो आय लुकाएको बताएको हो। आयकर विभागले गत बिहीबार दैनिक भास्करको विभिन्न कार्यालय छापा मारेको थियो। अखबारको कार्यालयमा छापा मारेकोमा भारत सरकारको चौतर्फी आलोचना भएको थियो।