बाग्लुङ कालिका भगवती मन्दिर भक्तजनका लागि खुला

पर्वत : कोभिड–१९ को संक्रमण दर कम भएपछि बाग्लुङमा रहेको बाग्लुङ कालिका भगवती मन्दिरमा पूजाआजा गर्न सर्वसाधरणका लागि खुला गरिएको छ।सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलचित्र हल समेत खुलाउन सक्ने निर्णय गरेकाले संक्रमणको दोस्रो लहर सुरु भएसँगै बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। प्रजिअ कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले ऐतिहासिक पवित्र धार्मिक स्थल बाग्लुङ कालिका मन्दिरसहित जिल्लाका अ