विशेषज्ञहरूले पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै क्षति न्यूनीकरणको पूर्वतयारीलाई व्यापकता दिनुपर्ने बताएका छन् । माघ २४ देखि २७ गतेसम्म सुर्खेत जिल्ला अस्पतालमा सैद्धान्तिक प्रशिक्षण सम्पन्न पश्चात २८ गते नेपालगंज तथा २९ गते धनगडीमा ड्रिल अर्थात् घटना परिदृष्य अभ्यास कार्यक्रम सम्पन्न गरेको थियो ।