सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारेका हुन् ।शनिबार काठमाडौँको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए । उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुर