काठमाडौँ,१७ साउन । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला प्रहरी […]