चुम खोलाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१ असार, चितवन । नौविसे मुग्लिन सडकखण्डको चुमखोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-३ चुम खोलामाथिबाट पहिरो झरी राजमार्ग दुईतर्फी अवरुद्ध बनेको हो । पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।