भकारी देख्नै मुस्किल

गलेश्वर– दुई दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान, कोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको बार्दलीमा मकैको बुर्चो, आगनमा थाँक्रो देखिन्थ्यो। तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ। समय फेरिएको छ। युवा पलायन र कृषिप्रतिको वितृष्णाका कारण अहिले गाउँघरका खेतबारी बाँझै छन्। कोभिड १९ को महामारी […]

सम्बन्धित सामग्री

डोको बेचेरै मासिक २० हजार बचत

म्याग्दी । बेनी नगरपालिका–२ फापरखेतका ५५ वर्षीय क्याङ््लो सार्कीको अहिलेसम्मको जिन्दगी डोको बुनेरै धानिएको छ । बिहान उठेदेखि राती नसुतुन्जेल चोयासँग खेल्दै उनको समय बित्छ । सार्कीले २० वर्षको उमेरदेखि बाँस र निगालाको चोयासँग खेलेर डोको बुन्दै जवानीका रमाइला दिन बिताइसकेका छन्  । बुनेका यिनै डोका बिक्री गरेर आएको पैसाले उनले ६ जनाको परिवारको गुजारा चलाउनुपर्ने बाध्यता छ । सार्कीले डोको बुनेरै मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । यही पैसाले आफ्ना परिवारको पालनपोषण, शिक्षादीक्षा र औषधोपचार गर्दै आएको उनी सुनाउँछन् । उमेरले बुढ्यौलीलाई छुन लागेको भए पनि डोको बुनाइमा भने उनको जाँगर जवानी अवस्थाजस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेल डोको बुनेरै दिन बितेको उनलाई पत्तै हुँदैन । ‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ । तर, उमेरको हिसाब गर्दा ५५ पो काट्न लागेछु’ असिनपसिन अनुहारमा मुस्कुराउँदै उनले भने । सार्कीले ३५ वर्षदेखि सुरु गरेको यो पेसालाई अहिलेसम्म पनि निरन्तरता दिँदै आएका छन्  । उनले घरमै बसेर डोको बुनेरै दिनहुँ आम्दानी गरिरहेका छन् । विपन्न सार्कीको डोको नबुनेसम्म साँझ–बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेरै उनको परिवारको जीविका चलेको छ । पहिले–पहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घरघरमा बिक्रीका लागि पुग्ने गर्थे  । अहिले घरमै ग्राहक दिनहुँ आउने गरेको उनले बताए । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले डोको उत्पादनलाई बढी प्राथमिकता दिने गरेका छन्  । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको उनको भनाइ छ । दिनमा ८ देखि १० वटासम्म डोको बुन्ने गरेका सार्कीले बाँस निगालोको मूल्य र आफ्नो दैनिक ज्याला कटाएर मासिक २० हजारजति बचत हुने गरेको सुनाए । एउटा डोको २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । बचत पैसा पीपलडाँडास्थित सहकारीमा जम्मा गर्दै आएका छन् । ‘मिहिनेत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनुपर्दैन । काम गरेअनुसार परिश्रम पाएको छु’, सार्की खुसी सुनिए । डोकोको माग अत्यधिक हुने गरेकाले पुर्‍याउन मुस्किल परेको सार्कीले बताए । ‘पहिले नै अर्डर हुन्छ । ग्राहकको माग बढ्दो छ,’ उनी भन्छन्  ।

खेतबाट भकारीसम्म एकैसाथ

न धान काट्ने मान्छे खोज्नुप-यो, न त बाँध्न नै । धान सुकोस् भन्नु पनि परेन । त्यति मात्र होइन धान झार्न र पराल दाइँ गर्न पनि मानिस लगाइहनु परेन । खेतदेखि घरको भकारी तथा बिक्री गर्ने भएमा सीधै धान खरिदकर्तासम्म पु-याउन मेसिनको नै प्रयोग हुन थालेपछि झापाका किसान मक्ख पर्न थालेका छन् । गाउँमा नै धान काट्ने ठूलो मेसिन (कम्बाइन हार्वेस्टर) आएपछि किसानलाई न खेतलाको चिन्ता भएको छ न त धेरै समयको नै । एकैछिनमा बिघाभन्दा बढी जमिनको धान काटिने र थन्क्याउन सकिने भएपछि किसानहरू यसतर्फ आकर्षित देखिएका छन् । गौरादह–१, सीतापुरीका किसान पर्शुराम दहालले यस वर्ष करिब चार बिघामा लगाएको वर्षेधान कम्बाइन हार्वेस्टरबाट नै कटाउनुभएको छ । यसको प्रयोगले लागत खर्च धेरै नै कम भएको उहाँले बताउनुभयो । “निषेधाज्ञाका बेला जन खोज्दा धेरै मुस्किल हुन्थ्यो, मेसिनले एकैछिनमा धान काटियो र पराल पनि बन्यो,” उहाँले भन्नुभयो । पहिलाभन्दा हार्वेस्टर लगाएको खर्च भने धेरै भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष प्रतिघण्टा पाँच हजार थियो तर यो वर्ष छ हजार पाँच सय लाग्यो, उहाँले भन्नुभयो ।