काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय ३७ रुपैयाँ हिनामिना भएको पाइएको हो।प्रहरी कल्याण कोषद्वारा नक्सालमा संचालित पेट्रोल पम्पमा प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले उक्त रकम हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।कार्कीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। कार्कीले खातामा अन्य व्यक्तिले भुक्तानी गर