काभ्रेको बनेपा र नुवाकोटको विदुर नगरपालिकाबाट प्रहरीले १६ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ६ स्थित पाँचकुमारी पेट्रोल पम्प रहेको जनक तिमल्सिनाको घरमा हारजित हुने गरी पैसा रकमको बाजी थापी जुवा तास खेली खेलाई रहेको अवस्थामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैलाई कार्यालयको अपराध दर्ता किताबमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिन साथको म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । काभ्रेको बनेपाबाट पक्राउ पर्नेहरूमा जनक तिमल्सिना, विश्वराज तामाङ, रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रञ्जितकार रहेका छन् ।