सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाअध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको