खाँदबारी । सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।