गत वर्ष बैङ्ककमा भएको १३ औँ एपीपीयू कङ्ग्रेसको सफल चुनाव पछि भारतले यस महिनाको अन्तमा एसियाली प्यासिफिक पोस्टल युनियन (एपीपीयू) को नेतृत्व लिने तयारी गरेको छ। हुलाक सेवा बोर्डका तत्कालीन सदस्य (कर्मचारी) डा.विनय प्रकाश सिंहले चार वर्षको कार्यकालका लागि सङ्घको महासचिवको जिम्मेवारी सम्हाल्ने सञ्चार मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।