कर्मचारी युनियनको महाधिवेशन आजदेखि

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन आजदेखि काठमाडौमा सुरु हुने भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान महाधिवेशनको उद्घाटन गर्दै छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। नेतृत्वमा आउन युनियनका वर्तमान अध्यक्ष गोपालप्रासद पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीले प्यानल बनाएका छन् ।

सम्बन्धित सामग्री

सुब्बाको आन्दोलनलाई राष्ट्रिय स्तरका कर्मचारी ट्रेड युनियनको साथ

२६ साउन, काठमाडौं । नायब सुब्बाहरुले सुरु गरेको आन्दोलनलाई निर्णायक बनाउन भन्दै निजामती कर्मचारीका राष्ट्रिय स्तरका ट्रेड युनियनहरुले आजदेखि संयुक्त आन्दोलन थाल्दैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट कर्मचारी संगठनहरुले आज अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्दैछन् । नेपाली कांग्रेस […]

कर्मचारी युनियन सचिवमा पीएचडी स्कलर भट्टराईको उम्मेदवारी

नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन आजदेखि शुरू हुँदैछ । जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष, महाधिवेशन प्रतिनिधि र युनियनबाट प्रतिनिधित्व गर्ने आधिकारिक ट्रेड युनियनका जिल्ला–विभागीय अध्यक्षहरु सहभागी हुने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन शनिबार बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन्।...

युनियनको दबाबपछि ब्याक भए कुलमान: ३४९ जनालाई करारमा नियुक्त गर्ने प्रक्रिया रद्द

नेपाल विद्युत प्राधिकरणले करारमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले पुस १ गते दरखास्त आह्वान गर्दै ४० जना अधिकृतस्तर र ३०९ जना सहायक स्तरका गरि कुल ३४९ जना कर्मचारी करारमा नियुक्त गर्नको लागि आवेदन खुलाएको थियो । प्राधिकरणले १ वर्षको लागि कर्मचारी करारमा लिन लागेको थियो  ।उक्त भर्ना प्रक्रिया प्राधिकरणले आज पुस ६ गते रद्द गरेको छ । ५ दिनको अवधिमा आवेदन दिएकालाई पैसा फिर्ता हुने प्राधिकरणले जनाएको छ । पैसा फिर्ता गरिने बारेको सूचना प्राधिकरणको वेबसाइटमा प्रकाशन गरिने उल्लेख छ । प्राधिकरणले विशेष कारणवश भर्ना रद्द गर्नु परेको जनाएको छ । तर युनियनहरुको दबाब थेग्न नसकेर प्राधिकरणले भर्ना रद्द गरेको हो । प्राधिकरणले सूचना निकाले लगत्तै प्राधिकरणका कर्मचारी युनियनहरुले विरोध जनाएका थिए । युनियनहरुले भर्ना प्रक्रिया रद्द गर्नको लागि आज पुस ६ गतेसम्मको अल्टिमेटम प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएको थियो । भर्ना रद्द नगरे आजदेखि आन्दोलन थाल्ने तयारीमा युनियन थिए । प्राधिकरणले आज नै भर्ना रद्द गरेको हो । प्राधिकरणका ३ वटै युनियनहरु नेविप्रा कर्मचारी कल्याण परिषद्, नेविप्रा कर्मचारी संघ, र नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले पुस २ गते कार्यकारी निर्देशक घिसिङलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा उनीहरुले 'लोकसेवा आयोगबाट पदपूर्तिको नियमित प्रक्रिया शुचारु भई केही स्थायी कर्मचारीहरु नियुक्ति समेत भईसकेको र अन्य अन्र्तवार्ताको प्रक्रियामा रहेको अवस्थामा गरिएको करारको विज्ञापन लोकसेवा आयोगको विद्यमान व्यवस्था र मर्मको समेत विरुद्ध भएकोले उक्त विज्ञापन खारेज गरी रिक्त रहेका पदहरुमा स्थायी पदपूर्तिबाट कर्मचारी नियुक्त गर्न तथा व्यवस्थापकिय हिसावले प्राधिकरणलाई दिर्घकालिन रुपमा असर पार्ने तथा हालको जनशक्ति ब्यबस्थापनमा देखिएका कमी कमजोरीहरुलाई सुधार गदै ब्यबस्थित गर्न र विद्युत प्राधिकरणमा योग्य र दक्ष जनशक्ति पलायन हुने अवस्थाको सामुल अन्त्य गरी यही २०७८/०९/०६ सम्ममा उक्त विज्ञापन बदर गर्न ' माग गरेका थिए । युनियनहरुका अनुसार हाल नेपाल विद्युत प्राधिकरणमा ८१६३ जना स्थायी कर्मचारीहरु मध्ये केही दक्ष जनशक्ती जिम्मेवारी विहिन अवस्थामा छन् । लामो समय देखी दैनिक ज्यालामा कार्यरत २८१३ जना तथा गोटा गन्तीका ६२२ जना कर्मचारीहरुको उचित व्यवस्थापन हुन सकिरहेको छैन भने सेवा करार प्रकृया मार्फत समेत प्रयाप्त कामदार/कर्मचारी कार्यरत रहेका छन् । स्थायी, म्यादी, करार, ज्यालादारी, गोटागन्ती र सेवा करारका समेत गरी झण्डै १४ हजार कामदार/कर्मचारीहरु प्राधिकरणमा कार्यरत छन् ।