काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीका शिव पराजुली पुरस्कृत भएका हुन् । बाह्र वर्ष कतार बसेर स्वदेश फर्किएका उनले रुपन्देहीमा सूर्या इन्डष्ट्रिज स्थापना गरी ६० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनले पित्तलको धारा उत्पादन गर्दै आएका छन्।