अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन

ललितपुर । अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन भएकी छिन् । ललितपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमशः मुना घिमिरे थापामगर, अञ्जु कुँवर र राधिका महर्जन चयन गरेको छ । कार्यसमितिको सदस्यहरुमा उर्वशी चौहान खड्का, मिरा विष्ट, रिता केसी, विद्या खड्का, रिता महत, सानु महर्जन, गंगा खड्का , नानु केसी […]

सम्बन्धित सामग्री

अनेमसंघ गुल्मीको नयाँ नेतृत्वमा सपना पन्थी

नेकपा एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ अधिवेशनबाट सपना पन्थीको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ। उपाध्यक्षमा शान्ता पोखरेल र अन्जु कँडेल रहेका छन्। त्यस्तै जिल्ला...

अनेमसंघ गुल्मीको ११औँ अधिवेशन सुरु, आजै नेतृत्व चयन

नेकपा एमालेनिकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ अधिवेशन सुरु भएको छ।  अधिवेशनको संगठनको केन्द्रिय सचिव विना ज्ञवालीले गरेकी थिइन्। अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र...

अखिल नेपाल महिला संघमा नयाँ नेतृत्वको खोजी, काे–काे छन् दाबेदार ?

एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) नयाँ नेतृत्व चयनको खोजीमा लागेको छ ।

अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित

सिन्धुली । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित भएकी छन्। अधिवेशन भएको सात महिनापछि उनी अध्यक्षमा निर्वाचित भएकी हुन्। अखिल नेपाल महिला संघ सिन्धुलीको गत भदौ ४ र ५ गते भएको पाँचौँ जिल्ला सम्मेलन पदाधिकारीको टुंगो नलागी सकिएको थियो । अध्यक्ष मण्डलले सदस्यहरूको चाहना विपरीत नेतृत्व चयनमा हस्तक्षेप गरेको […]

केही मन्त्रीहरूकाे राजीनामा पत्र गाेजीमा लिएर हिँडिरहेकाे छु : माधव नेपाल

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्। आइतबार अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन्। उनले सो राजीनामा पत्र गोजीमा लिएर हिँडिरहेको भन्दै कुनै पनि बेलामा सो पत्र […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र

बैतडी – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। अखिल नेपाल महिला संघ बैतडी जिल्ला कमिटीले आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो। पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, बलात्कारका घटनाका दोषीमाथि कडा कारबाही गनुपर्ने, समाजमा भएका सबै खाले हिंसा, अन्याय, अत्याचार तथा भेदभावका घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने […]

नेकपा एकीकृत समाजवादी उदयपुरको महिला संघ अध्यक्षमा पशुपति चौधरी

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) उदयपुरको अध्यक्षमा पशुपति चौधरी चयन भएकी छिन्।...

दाङमा यसरी मनाइयो श्रमिक महिला दिवस

दिनेश रैदास, दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ घोराही नगर समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस राजमो कार्यालय घोराहीमा सम्पन्न भएको छ। अखिल नेपाल महिला संघकी दाङ जिल्ला सचिव शारदा थापाको अध्यक्षता, कृष्णा थापाको सञ्चालन, महिला संघ घोराही नगर कोषाध्यक्ष हिरा खनालको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको हो । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले सम्पूर्ण शोषित पीडित मुक्तिकामी, श्रमिक महिलाहरु सर्वप्रथम सचेत हुन जरुरी रहेको बताउनु भयो। उहाँले आफ्नो हंकहित नियम कानुनको लागि अध्ययन गर्न आवश्यक रहेको समेत बताउनु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र महत्व बारे प्रष्ट पार्नु भएको थियो। जनजाति सम्मेलन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल (छैठौं)केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, अखिल (छैठौं) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास, राजमो घोराही नगर अध्यक्ष हरि खरेल, अखिल नेपाल महिला संघ दाङ जिल्ला सल्लाहकार सत्य रेग्मी, अखिल (छैठौं) दाङ जिल्ला कोषाध्यक्ष मधुकर पुन, महिला संघ घोराही नगर सचिव पदमा थापा, रक्तिम सांस्कृतिक अभियान घोराही नगर सचिव शिव बन्जाडे, शान्ति पुन लगायतले अन्तर्राष्टिय श्रमिक महिला दिवसको शुभकामना तथा मन्तव्य राख्नु भएको थियो। अखिल नेपाल महिला संघ गढवा अखिल नेपाल महिला संघ गढवा गाउँपालिका समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गढवामा सम्पन्न भएको छ। जेष्ठ महिला सदस्य पुत्ला खनालको अध्यक्षता, उमा पन्थीको सञ्चालन र धना खनालको स्वागत गर्नुभएको थिया । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य गौरी खड्काले समान अधिकार र महिला हिँसा विरुद्ध बोल्दै एक जुट भएर अगाडि बढ्न आह्रवान गर्नु भएको थियो। त्यसैगरी अखिल नेपाल महिला संघ जिल्ला सदस्य शिवा आचार्य महिला हकहित बारे प्रष्ट पार्नु भएको थियो। महिला संघ गढवा गाउँपालिका वार्ड नं ६ सदस्य सुमित्रा खनाल, गोमा पोख्रेल, राजमो जिल्ला सल्लाहकार गुणनिधि शर्मा, राजमो गढवा सचिव टुकमान आचार्य, वार्ड नं ६ राजमो अध्यक्ष खुमानन्द ...