एनेकपा माओवादीले सार्वजनिक गरेको सेना समायोजन तथा पुनःस्थापनासम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । राष्ट्रिय सरकार निर्माण निम्ति सहमति कायम गर्न माओवादीले ल्याएको उक्त प्रस्तावलाई कांग्रेस र एमालेले विस्तृत शान्ति सम्झौताविपरीत भएको बताउँदै अस्वीकार गरेका हुन् । कांग्रेस र एमालेबाट प्रस्तावको अस्वीकृतिसँगै माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणको बाटो पनि टुंगिएको देखिन्छ ।
माओवादीले प्रस्ताव गरेको कार्यतालिका र सम्पत्ति फिर्ताप्रति बाइसिएलको अर्धसैनिक संरचना भंग, लडाकु समायोजनका विषय गोेलमटोल तरिकाले प्रस्तुत गरिएको कांग्रेस र एमालेको बुझाइ छ । लडाकुलाई विशेष समिति मातहतमा ल्याएर वा छुट्टै फोर्स बनाउन माओवादीको प्रस्तावप्रति पनि कांग्रेस एमालेले आपत्ति प्रकट गरेका छन् ।
वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २