दाङ : आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलले तालमेल गरेर जाने भन्ने केन्द्रीय तहमा समझदारी भएपछि जिल्लामा पनि दलहरूले सोही तयारी गर्न थालेका छन्।जिल्लाका १० स्थानीय तह मध्ये २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ६ वटा, नेपाली कांग्रेसले ३ र नेकपा माओवादी केन्द्रले १ स्थानीय तहमा जितेका थिए।आउँदो वैशाख ३० गते हुन लागेको निर्वाचनमा केन्द्रको निर्णयअनुसार नै जिल्लामा तालमेल गरेर जाने गठबन्धनमा सहभागी रहेका दलहरूले बताएका छन्। हामी केन्द्रको निर्णय अनुसार जान्छौँ : नेकपा माओवादीनेकपा