काठमाडौं उपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्ममा कारवाहीबापत ३३ करोड १३ लाख राजस्व संकलन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी मीरा चौधरीले सोमबार आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् ।गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १०