डा. सन्दुक रुइत 'शिलापत्र वर्षव्यक्ति २०७९' चयन हुँदा अरु विधामा को को छानिए ?
बितेर जान लागेको साल २०७९ को समीक्षाले देशलाई नयाँ दिशा दिन र आगामी वर्ष सुझबुझपूर्ण कदम चाल्न सघाउ पुर्याउन सकोस् भन्ने ‘शिलापत्र वर्षान्त’ अभियानको उद्देश्य हो ।
फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी छिन् । केही वर्षदेखि आँखाको समस्या भोगिरहेकी उनले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भएकी हुन्। नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएका छन्।
२१ असार, काठमाडौं । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र श्रीमती जयन्ती लम्सालबीच जयन्ती लम्साल फेलोसिप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । तिलगंगाका संस्थापक डा. सन्दुक रुइत र श्रीमती लम्सालले आज बिहीबार एक समारोहबीच सम्झौता पत्र आदान प्रदान गरे । फेलोसिप तालिम प्रदान गर्नको लागि आवश्यक कोषको व्यवस्था गर्न लम्सालबाट एकमुष्ठ रु […]
आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ पुगेका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका हुन्। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगे।
ताप्लेजुङ : आफू जन्मेहुर्केको गाउँको माया कसलाई हुँदैन र? त्यहाँको भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। 'आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको…
ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्वप्रख्यात छन् ।
आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई...
मान्छेमा दृष्टिविहीनताको समस्या आउँदा डा. सन्दुक रुइत पैदा भए । देशले १८ घण्टा लोडसेडिङ व्यहोरिरहँदा कुलमान घिसिङ देखापरे । यदि मान्छेमा आँखाको समस्या नआउँदो हो त सन्दुक रुइतहरू सायदै देखापर्थे । अनि देशमा लोडसेडिङकाे समस्या नहुँदो हो त कुलमान घिसिङ त्यो उचाइमा पुग्न गाह्रो थियो ।
डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।