चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकमा व्यवसायीको धर्ना

‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ,’

सम्बन्धित सामग्री

ब्याजदरविरोधी आन्दोलन स्थगित

विराटनगर । बैंक, वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध मोरङ व्यापार संघको अगुवाइमा जारी काठमाडौं केन्द्रित आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आश्वासनपछि आन्दोलन स्थगित गरिएको हो । संघले शनिवार संघीय राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो । त्यसअघि व्यवसायीले विराटनगर केन्द्रित आन्दोलन गर्दै आएका थिए । मंगलवार प्रधानमन्त्री दाहाललाई भेटेर आफ्ना माग बुझाएको र उहाँले सबै समस्याको समाधान गर्ने आश्वासन दिनुभएको संघले बताएको छ । उद्योगी व्यवसायीले उठाएका माग र भोग्नुपरेका समस्यामा प्रधानमन्त्रीले नै बुँदागत सम्बोधन गरेपछि उद्योगी उत्साहित बनेका थिए । उनीहरूले प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित भएको घोषणा गरे ।   संघका अध्यक्ष तथा बैंक, वित्तीय समस्या संघर्ष समितिका संयोजक नवीन रिजालले अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानको पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलन स्थगित गरिएको बताए । आइतवार माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा गरेका उद्योगी व्यवसायीले सोमवार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारअगाडि धर्ना दिएका थिए । व्यवसायीले बैंकको ब्याजदर एक अंकमा आउनुपर्ने, उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनुपर्ने, आधारदरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने, चालू पूँजी कर्जा मार्गदर्शन खारेज गरी व्यावहारिक  बनाइनुपर्ने माग अघि सारेका छन् । त्यसैगरी उनीहरूले वित्तीय सेवा शुल्क कम गर्नुपर्ने, हालको असहज अवस्थाका कारण कर्जाको पुनर्संरचना र पुनर्तालीकीकरण गर्न पाउनुपर्ने, स्प्रेडदर बढीमा २ प्रतिशत र आधारदर गणना तरिका सार्वजनिक गरिनुपर्नेलगायत माग राखी आन्दोलन अघि बढाएका थिए । ‘वित्तीय क्षेत्रमा देखिएको समस्या र हाम्रा मागबारे प्रधानमन्त्री आफै जानकार हुनुहँुदो रहेछ । उहाँले ती विषयलाई गम्भीरतापूर्वक लिएर ब्याजदर घटाउन सरकारले पहल गर्ने आश्वासन दिनुभएपछि हामीले आन्दोलन स्थगित गरेका हौं,’ रिजालले भने, ‘केही समयपछि नै यसबारे सकारात्मक नतिजा आउनेछ ।’ संघले उठाएका मागलाई उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ जस्ता संघसंस्थाले समर्थन गरेका थिए । आन्दोलनरत पक्षको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघर्ष समितिका संयोजक रिजाल तथा दिलसुन्दर श्रेष्ठ, प्रकाश मुन्दडा र पिताम्बर जोशीको टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको थियो ।

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन […]

चर्को ब्याजदरविरुद्ध नेपाल राष्ट्र बैङ्कको गेटमा व्यवसायीको धर्ना

चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीहरूले सोमबार विराटनगरस्थित नेपाल राष्ट्र बैङ्कको गेटमा धर्ना दिएका छन्।...

राष्ट्र बैंकमा उद्योगी व्यवसायीको धर्ना

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिएका छन्। बैंकको चर्को ब्याजदरविरुद्ध बिहीबारदेखि राष्ट्र बैंकमा उनीहरूले धर्ना दिएका हुन्।मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्।माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए। माग पूरा नभए थप सशक्त आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ।धर्ना कार्यक्रममा

बैंकको चर्को ब्याजदरविरुद्ध व्यापारी चरणबद्ध आन्दोलनमा

रुपन्देही व्यापार संघले चर्को बैंक व्याजदरविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको व्याजदर वृद्धिले  गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।संघले पहिलो चरणमा बिहीबार सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक