बैंकको चर्को ब्याजदरविरुद्ध व्यापारी चरणबद्ध आन्दोलनमा

रुपन्देही व्यापार संघले चर्को बैंक व्याजदरविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको व्याजदर वृद्धिले  गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।संघले पहिलो चरणमा बिहीबार सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक