नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ …