त्योबेला श्री ३ पद्मशमशेरको शासन थियो । राणा शासनका बारेमा सायदै व्याख्या गरिरहन नपर्ला । अनि त्यो शासनकालमा महिलाको अवस्थाको त झन् के नै भन्नुप-यो
र ! महिलाका सवालमा अझै ‘उदार’ भई नसकेको अहिलेको समाजका अघि राणाकालको त्यो ऐनाको कल्पना गरौँ, दृश्य आफैँ फनफनी घुम्छन् ।
मङ्गलादेवी सिंह श्री ३ पद्मशमशेरको दरबारमा आफ्ना केही सहपाठी लिएर पुगेकी थिइन् । उनले पद्मशमशेरलाई सीधैँ भनिन्– “नगरपालिकाको चुनाव हुन लागेको छ । महिलालाई पनि भोट दिने अधिकार हुनुपर्छ भन्न आएका हौँ सरकार !”
पद्मशमशेरले अरू पनि सवाल गरे । मङ्गलादेवीले निर्धक्क भएर जवाफ दिइन् । उनले महिलालाई पढ्नका लागि स्कुल खोल्न पनि भनिन् ।
पद्मशमशेरले जवाफ दिए– “हुन्छ जाओ ।”