चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । सुकीले अघिल्लो आइबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान

सम्बन्धित सामग्री

लिचीको दाना अड्केर मृत्यु

कञ्चनपुर : भीमदत्त नगरपालिका ५ सुकासालका भुपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्दको लिचीको दाना घाँटीमा अड्किदा मृत्यु भएको छ।बुधबार अपरान्ह आँगनमा खेल्दै गरेका शिशुले लिचीको गुठीलो मुखमा हाल्दा घाँटीमा अड्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।उनका अनुसार लिचीको दाना घाँटीमा अड्किएको थाहा पाउनेबित्तिकै तत्कालै परिवारजनले शिशुलाई उपचारका लागि महाकाली अस्पताल पुर्‍याएका थिए।अस्पताल पुर्‍याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैल

थाहा खबर

म्याग्दीमा तीन महिने शिशु र ८९ वर्षीय वृद्धसहित ५३ जना कोरोनामुक्त

म्याग्दी : म्याग्दी सोमबार तीन महिने शिशु र ८९ वर्षीय वृद्धसहित ५३ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका घर भई पर्वत बेनी बस्ने आमासँगै संक्रमित भएका तीन महिने शिशु, म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाका ८९ वर्षीय वृद्धसहित ५३ जनाले कोरोनालाई जितेका छन्।त्यसैगरी सोमबार नै पिसिआर र एन्टिजिन विधिबाट गरी ८२ जना नयाँ कोरोना संक्रमित थपिएको बेनी अस्पतालले जनाएको छ। उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा सञ्चालित कोभिड अस्पतालमा उपच

थाहा खबर

चार सन्तानसहित कर्णालीमा हामफाल्ने आमाको पेटमा थियो चार महिनाको गर्भ

काठमाडौं । दैलेखको आठबीस नगरपालिका–३ मा चार छोराछोरीसहित आत्महत्या गर्ने सुकी बडुवालको पेटमा चार महिनाको गर्भ रहेको खुलेको छ । पोष्टमार्टम रिपोर्टले ३५ वर्षीया सुकीको पेटमा चार महिनाको गर्भ देखिएको प्रहरीले जनाएको छ । सुकीले गएको २३ फागुनमा चार छोराछोरीसहित कर्णाली नदीमा फाल हानेकी थिइन् । उनीहरु सबैको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । मृतक सबैको दैलेख जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको थियो । प्रहरीका अनुसार गरिबी र पतिसँगको विवादको कारण सुकीले छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय छोरा ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । सुकीका पति मानसिंहले सुकी परपुरुषसँग लागेको आरोप लगाउँदै आएका थिए । उनी हाल प्रहरी हिरासतमा छन् । यो पनि : ‘आमा र चार सन्तानको सामुहिक आत्महत्या गम्भीर सामाजिक अवस्थाको संकेत’

Yug Darshan

दैलेख घटना : दश दिनपछि रजनीको शव भेटियो

दश दिनदेखि कर्णाली नदीमा बेपत्ता दैलेखको आठबीस नगरपालिका–३ की सात वर्षीया बालिका रजनी बढुवालको शव अछामको तुर्माखाँद गाउँपालिका–३ को असाराघाटमा फेला परेको छ । गत फागुन २३ गते आठबीस–३ निमायलकी सुकी बढुवाल तीन छोरी र एक छोरासहित कर्णालीमा हेलिएकी थिइन् ।...

नागरिक दैनिक

चार सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, दुई जनाको शव फेला, तीन बेपत्ता

दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिनुभयो । हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।’ गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उहाँले बताउनुभयो । मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो । (रासस)

Yug Darshan

हिंसा सहन नसकेपछि नारी दिवसकै दिन छोराछोरीसहित आमाले गरिन् आत्महत्या

दैलेखको आठबीस नगरपालिका–३ निमायलमा एक महिला चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस दिन(हिजो) ती महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर...

नयाँ पत्रिका