आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रू.११ खर्ब ६० अर्ब ९९ करोड पुगेको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेर रू.८ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म शोधनान्तर स्थिति रू.२ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ। बढ्दो व्यापार घाटा, खुद सेवा आय र खुद ट्रान्सफरमा आएको कमी, पुँजीगत खाता र वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमी लगायतका