प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा विपक्षी बनाइएको सरकारको तर्फबाट बहस सुरु भएको छ ।संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिलको समूह र प्रधानमन्त्रीको पक्षबाट कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । सरकारी वकिलको समूहबाट महान्यायाधिवक्ता रमेश बडालले बहस थाल्नु भएको छ । गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी […]